बारामा तीर्थयात्रीको मृत्यु « Khabarhub

बारामा तीर्थयात्रीको मृत्यु


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

कलैया- भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए ।

करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्केका थिए । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए ।

उहाँ हिजो खाना खाएर सुतेको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए र उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनको शव प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ४४ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम