अनुश राना मृत्यु प्रकरणमा वडाध्यक्षसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

अनुश राना मृत्यु प्रकरणमा वडाध्यक्षसहित ६ जना पक्राउ


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- अनुश राना मृत्यु प्रकरणमा कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुबदेव राना, भंगी राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन् ।

उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला परेको प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ। कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ७ : ३६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित