प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल « Khabarhub

प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकको विषयमा छलफल भएको बताइएको छ । बालुवाटार स्रोतका अनुसार टिआरसी विधेयक अगाडी बढाउन ओली र रवि लचिलो देखिएको छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ ।

यता सत्ता गठबन्धनमा खटपट देखिएसँगै प्रधानमन्त्रीको राजनीतिक सक्रिया बढ्नुलाई सत्ता समीकरणसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्रीले आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेका छन् । आइतबार बिहान एक्ला एक्लै भेटवार्ता गरेका ओली साँझ पार्टी महासचिव शंकर पोखरेलका साथमा बालुवाटार पुगेका थिए ।

याे पनि…

महासचिव पोखरेलसहित बालुवाटार पुगे एमाले अध्यक्ष ओली

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

मन्त्रिपरिषद् हेरफेर : मन मिलेन कि साइत जुरेन ?

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले