प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल « Khabarhub

प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकको विषयमा छलफल भएको बताइएको छ । बालुवाटार स्रोतका अनुसार टिआरसी विधेयक अगाडी बढाउन ओली र रवि लचिलो देखिएको छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ ।

यता सत्ता गठबन्धनमा खटपट देखिएसँगै प्रधानमन्त्रीको राजनीतिक सक्रिया बढ्नुलाई सत्ता समीकरणसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्रीले आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेका छन् । आइतबार बिहान एक्ला एक्लै भेटवार्ता गरेका ओली साँझ पार्टी महासचिव शंकर पोखरेलका साथमा बालुवाटार पुगेका थिए ।

याे पनि…

महासचिव पोखरेलसहित बालुवाटार पुगे एमाले अध्यक्ष ओली

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

मन्त्रिपरिषद् हेरफेर : मन मिलेन कि साइत जुरेन ?

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २० बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक