प्रहरीले हटाइदियो रुद्राक्षका दानामा लगाइएको प्लास्टिकको क्लिप « Khabarhub

प्रहरीले हटाइदियो रुद्राक्षका दानामा लगाइएको प्लास्टिकको क्लिप


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– मनग्य फाइदा कमाउनका लागि ठेकेदारहरुले रुद्राक्षको प्राकृतिक आकार परिवर्तन गरी आफूखुसी आकार बनाउनका लागि दानामा लगाएको प्लास्टिकको क्लिप भोजपुर प्रहरीले हटाइदिएको छ ।

ठेकेदारहरुले किसानबाट बारी नै ठेक्कामा लिएर रुद्राक्षको फल्दै गरेको दानाको बाहिर प्लास्टिकको क्लिप लगाएका थिए । यस्तो क्लिप लगाउँदा रुद्राक्षको दाना गोलो हुने र त्यसबाट मनग्य फाइदा कमाउन सकिने ठेकेदारहरुको भनाइ छ ।

सरकारले भने यसरी रुद्राक्षको आकार परिवर्तन गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली रुद्राक्षको छवि बिग्रिने र गुणस्तरमा समेत प्रश्न उठ्ने भन्दै यस्तो कार्य नगर्न निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय भोजपुरले जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको दानामा लगाइएको प्लास्टिकको क्लिप हटाउने अभियान शुरु गरेको छ ।

क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए । जिल्लाको षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो ।

कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : २२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको