आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २२ गते मंगलबार तदनुसार सन् २०२४ मार्च ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृष : दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सम्मान गर्न नजान्दा सामाजिक क्षेत्रको आलोचना सहनुपर्ने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। लगानीको क्षेत्रबाट आम्दानी हुनेछ। अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। गणेशको पूजा गर्दा फाइदा हुनेछ। पुरानो रोगले सताउने जोखिम देखिन्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। लगानीको क्षेत्रबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा टकराब देखिए मौन रहनु फाइदा हुनेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आलश्य त्याग्नु राम्रो हुन्छ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। बन्धु सकारात्मक छन्। आफूले आफूलाई नचिन्दा समाजमा अपमान सहनुपर्ने हुनसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु : दिन राम्रो छ। आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : समय सामान्य छ। मेहनतको फल नमिल्न सक्छ। मानिसलाई खुशी बनाउन नसक्ने दिन छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। आर्थिक लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहने छ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। अनावश्यक खर्च बढ्नेछ। परिवारमा खटपटी हुनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ०२ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले