नयाँ सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँडबारे छलफल हुने « Khabarhub

नयाँ सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँडबारे छलफल हुने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई पनि सहभागि गराउने पक्षमा छन् ।

सोमबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे आज बैठकमा निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ११ बजे

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ