चिनियाँ लगानीको सिमेन्ट उद्योगबारे छलफल गर्न बोलाइएको लेखा समितिको बैठक स्थगित « Khabarhub

चिनियाँ लगानीको सिमेन्ट उद्योगबारे छलफल गर्न बोलाइएको लेखा समितिको बैठक स्थगित


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ लगानीमा निर्माणाधीन सिमेन्ट उद्योगबारे छलफल गर्न मंगलबार बोलाइएको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि सार्वजनिक लेखा समितिको वैठक स्थगित भएको हो ।

चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी उपस्थित भएनन् ।

जानकारी समेत नदिइ बैठकमा अनुपस्थित भएका उद्योग सचिव खतिवडासँग स्पष्टीकरण लिने पनि समितिले जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तराईंमा रहेका कारण आफू बैठकमा आउन नसकेको जानकारी समितिलाई दिएका थिए ।

तर, उद्योग सचिव खतिवडाले कुनै पनि जानकारी नदिएका कारण उनीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तर्गतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

सत्तारुढ दल नेकपाका सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ । त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर सो सम्बन्धमा विस्तृत छलफल गर्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै