पुस ११ कै मन्त्रालयमा एमालेको अडान, थप २ गरेर ८ मन्त्रालयमा दाबी  « Khabarhub

पुस ११ कै मन्त्रालयमा एमालेको अडान, थप २ गरेर ८ मन्त्रालयमा दाबी 


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ। एमालेबाट ०७९ पुस ११ गतेबाट बनेको सरकारमा ६ मन्त्रीहरू थिए । सात दलीय गठबन्धन भएको त्यो बेला राप्रपा पनि  सरकारमा सहभागी थियो । 

तर अहिले राप्रपा सरकारमा छैन । सोमबार बनेको नयाँ गठबन्धनमा ४ दल सहभागी छन् । तर लोसपा र एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयत्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । 

पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका  थिए । ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था, भगवती चौधरी महिला बालबालिका र दामोदर भण्डारी उद्योगमन्त्री नियुक्त भएका थिए।

हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ । एमाले स्रोतले भन्यो, ‘हामी २ मन्त्रालय नथपिएपनि पहिलेको भन्दा १ भने अवश्य थप्ने छौँ ।’ 

सोमबार बनेको नयाँ गठबन्धनमा एमालेबाट पदम गिरी विना विभागीय मन्त्री बनेका छन् । यस्तै एमाले पुनः पुस ११ को जस्तै विष्णु पौडेको नेतृत्वमा सरकारमा जाने स्रोतको भनाइ छ ।  

यसका लागि मंगलबार ओलीले पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए । त्यसपछि उनले पदम गिरीलाई भेटेर छिटै मन्त्रालय र अन्य मन्त्रीहरूको पनि टुङ्गो लाग्ने बताएका छन् ।

गृहमा रवि लामिछानेले अडान नछोडेपछि एमालेले अर्थ लिने भन्ने चर्चा पनि छ । तर प्रचण्डले अर्थमा नारायणकाजी श्रेष्ठलाई पठाउने योजनामा छन् । यसो हुँदा विष्णु पौडेलले कुन मन्त्रालय पाउँछन् भन्ने निर्णय भएको छैन । 

एमाले उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘मिलाउँदै छौँ । पार्टीको आकारका आधारमा मन्त्रालय टुङ्गिन्छ । आजै पनि निधो लाग्न सक्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने