कश्मीरका लागि मर्न पनि तयार छौं– भारतीय गृहमन्त्री शाह « Khabarhub

कश्मीरका लागि मर्न पनि तयार छौं– भारतीय गृहमन्त्री शाह


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–  भारतका गृहमन्त्री अमित शाहले कश्मीरका लागि आफूहरु मर्न पनि तयार रहेको बताएका छन् ।

जम्मु तथा कश्मीरसम्बन्धी धारा ३७० खारेज गर्ने सम्बन्धमा बनेको विधेयक लोकसभामा पेश गर्ने क्रममा गृहमन्त्री शाहले कश्मीरका लागि आफूहरु ज्यान दिन पनि तयार रहेको बताएका हुन् ।

गृहमन्त्री शाहले संविधानको धारा ३७० खारेज गरी कश्मीरलाई विभाजन गरी केन्द्रले शासन गर्ने गरी २ छुट्टै राज्य गठन गर्नेसम्बन्धी विधेयक लोक सभामा पेश गरेका थिए ।

सोमबार माथिल्लो सदन राज्य सभाबाट पारित भइसकेको विधेयक मंगलबार तल्लो सदनमा पेश हुनेवित्तिकै कांग्रेसका तर्फबाट लोक सभा सदस्य रहेका रञ्जन चौधरीले केही विषयमा ‘ध्यानाकर्षण’ गराएका थिए ।

पहिले लोक सभाले नै जम्मु कश्मीरलाई ‘विशेष राज्य’को मान्यता दिएको तथा संयुक्त राष्ट्र संघमा उठेका विषय र पाकिस्तानसँग भएका विभिन्न वार्ताका विषयमा जम्मु कश्मीर दुईपक्षीय विषय भएको भन्ने सन्दर्भमा गरिएका निर्णय तथा सम्झौताप्रति कांग्रेस नेता चौधरीले गृहमन्त्रीलाई प्रश्न सोधेका थिए ।

‘विदेशमन्त्री जयशंकरले केही दिन अगाडि मात्रै अमेरिकी विदेशमन्त्री माइक पम्पिओलाई कश्मीर द्विपक्षीय (भारत र पाकिस्तानबीच)को मुद्दा हो, त्यसैले हस्तक्षेप नगर्न भनेका थिए । सरकारका मन्त्रीले नै जम्मु तथा कश्मीर दुईपक्षीय मामिला हो भनेर भन्दा यो आन्तरिक मामिला मात्रै रहन्छ त ?’ कांग्रेस नेता चौधरीले गृहमन्त्री शाहलाई प्रश्न सोधे ।

जवाफमा गृहमन्त्री शाहले जम्मु र कश्मीर भारतको अभिन्न अंग भएको तथा संविधानले समेत उक्त क्षेत्रलाई भारतको राज्यको रुपमा लिएको उल्लेख गर्दै त्यस विषयमा कानून निर्माण गर्ने हक संसदले राख्ने बताए ।

गृहमन्त्री शाह बोलिरहँदा विपक्षी दलका सांसदले पाकिस्तान अधिनस्थ कश्मीरका विषयमा पनि उनको धारणा मागे ।

त्यसपछि गृहमन्त्री शाह केही आक्रोसित बने । ‘जम्मु कश्मीर भनेर पाकिस्तान अधिनस्थ कश्मीर र चीनसँग रहेको अक्साई क्षेत्रलाई पनि समेटेको हुँ । तपाईंहरु पाकिस्तान अधिनस्थ कश्मीर भारतको अंग हो भनेर मान्नुहुन्छ र ?’ शाहले आक्रोशित भावमा विपक्षी दलका सांसदहरुलाई प्रश्न गरे ।

त्यसपछि कांग्रेस सांसद चौधरीले ‘गृहमन्त्री किन आक्रामक भएको ?’ भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री शाहले भने, ‘आक्रामक ? आक्रामक मात्र हैन, कश्मीरका लागि हामी मर्न पनि तयार छौं ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : ५४ बजे

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको