कश्मीरका लागि मर्न पनि तयार छौं– भारतीय गृहमन्त्री शाह | Khabarhub Khabarhub

कश्मीरका लागि मर्न पनि तयार छौं– भारतीय गृहमन्त्री शाह


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–  भारतका गृहमन्त्री अमित शाहले कश्मीरका लागि आफूहरु मर्न पनि तयार रहेको बताएका छन् ।

जम्मु तथा कश्मीरसम्बन्धी धारा ३७० खारेज गर्ने सम्बन्धमा बनेको विधेयक लोकसभामा पेश गर्ने क्रममा गृहमन्त्री शाहले कश्मीरका लागि आफूहरु ज्यान दिन पनि तयार रहेको बताएका हुन् ।

गृहमन्त्री शाहले संविधानको धारा ३७० खारेज गरी कश्मीरलाई विभाजन गरी केन्द्रले शासन गर्ने गरी २ छुट्टै राज्य गठन गर्नेसम्बन्धी विधेयक लोक सभामा पेश गरेका थिए ।

सोमबार माथिल्लो सदन राज्य सभाबाट पारित भइसकेको विधेयक मंगलबार तल्लो सदनमा पेश हुनेवित्तिकै कांग्रेसका तर्फबाट लोक सभा सदस्य रहेका रञ्जन चौधरीले केही विषयमा ‘ध्यानाकर्षण’ गराएका थिए ।

पहिले लोक सभाले नै जम्मु कश्मीरलाई ‘विशेष राज्य’को मान्यता दिएको तथा संयुक्त राष्ट्र संघमा उठेका विषय र पाकिस्तानसँग भएका विभिन्न वार्ताका विषयमा जम्मु कश्मीर दुईपक्षीय विषय भएको भन्ने सन्दर्भमा गरिएका निर्णय तथा सम्झौताप्रति कांग्रेस नेता चौधरीले गृहमन्त्रीलाई प्रश्न सोधेका थिए ।

‘विदेशमन्त्री जयशंकरले केही दिन अगाडि मात्रै अमेरिकी विदेशमन्त्री माइक पम्पिओलाई कश्मीर द्विपक्षीय (भारत र पाकिस्तानबीच)को मुद्दा हो, त्यसैले हस्तक्षेप नगर्न भनेका थिए । सरकारका मन्त्रीले नै जम्मु तथा कश्मीर दुईपक्षीय मामिला हो भनेर भन्दा यो आन्तरिक मामिला मात्रै रहन्छ त ?’ कांग्रेस नेता चौधरीले गृहमन्त्री शाहलाई प्रश्न सोधे ।

जवाफमा गृहमन्त्री शाहले जम्मु र कश्मीर भारतको अभिन्न अंग भएको तथा संविधानले समेत उक्त क्षेत्रलाई भारतको राज्यको रुपमा लिएको उल्लेख गर्दै त्यस विषयमा कानून निर्माण गर्ने हक संसदले राख्ने बताए ।

गृहमन्त्री शाह बोलिरहँदा विपक्षी दलका सांसदले पाकिस्तान अधिनस्थ कश्मीरका विषयमा पनि उनको धारणा मागे ।

त्यसपछि गृहमन्त्री शाह केही आक्रोसित बने । ‘जम्मु कश्मीर भनेर पाकिस्तान अधिनस्थ कश्मीर र चीनसँग रहेको अक्साई क्षेत्रलाई पनि समेटेको हुँ । तपाईंहरु पाकिस्तान अधिनस्थ कश्मीर भारतको अंग हो भनेर मान्नुहुन्छ र ?’ शाहले आक्रोशित भावमा विपक्षी दलका सांसदहरुलाई प्रश्न गरे ।

त्यसपछि कांग्रेस सांसद चौधरीले ‘गृहमन्त्री किन आक्रामक भएको ?’ भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री शाहले भने, ‘आक्रामक ? आक्रामक मात्र हैन, कश्मीरका लागि हामी मर्न पनि तयार छौं ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : ५४ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको