नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य « Khabarhub

नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेख ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ । त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यसयता लगातार दुई खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ११ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण