विप्लव समूहका ३ नेता काठमाडौंबाट पक्राउ « Khabarhub

विप्लव समूहका ३ नेता काठमाडौंबाट पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ जना नेता काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गौशाला क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकरध्जव गुरुङ र उमा गुरुङ छन् । पक्राउ परेका डम्बरध्जव विक विप्लव नेकपाका केन्द्रीय सदस्य हुन् । यद्यपि केही दिन अगाडि मात्रै उनलाई केन्द्रीय सदस्यबाट हटाइएको विप्लव नेकपा निकट स्रोतले जनाएको छ ।

यस्तै मकरध्वज गुरुङ वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा गुरुङ पनि ‘केन्द्रीय विभाग’मा कार्यरत नेता हुन् ।

सरकारले गत फागुनमा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले अहिले उक्त ‘समूह’विरुद्ध सर्च एण्ड अरेस्ट अभियान चलाएको छ ।

प्रहरीको सर्च एण्ड अरेस्ट अभियानअन्तर्गत अहिलेसम्म ६ सयको हाराहारीमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : १० बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा