अवैध लागूऔषधसहित छ जना पक्राउ « Khabarhub

 अवैध लागूऔषधसहित छ जना पक्राउ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय २० मिलिग्रामसहित भद्रपुर नगरपालिका-३ घर बताउने २० वर्षीय मौसम किस्कु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, झापाकै बिर्तामोड नगरपालिका-६ बुट्टाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लिम्बु समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक पोष्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बाँके शाखा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ४२ बजे

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६