नेकपा सांसदको आक्रोश– कुलमान घिसिङ र वर्षमान पुन ‘श्री ३ महाराज’ भए « Khabarhub

नेकपा सांसदको आक्रोश– कुलमान घिसिङ र वर्षमान पुन ‘श्री ३ महाराज’ भए


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्र बहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।

आफूले प्रतिनिधित्व गर्ने क्षेत्र कर्णालीको जुम्लामा अहिलेसम्म पनि विद्युत सेवा विस्तार नभएकोप्रति आपत्ति जनाउँदै सांसद महतले समस्या सुनाउन खोज्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले फोन नै नउठाउने गरेको भन्दै आक्रोश पोखे ।

‘कर्णालीको सदरमुकाम जुम्ला अहिले अँध्यारोमा छ । २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रिएर थन्केको अवस्थामा छ । त्यो बन्न अझै ३–४ महिना लाग्छ, । त्यस विषयमा मिडियामा पनि धेरै आइसक्यो । सामाजिक सञ्जालमा पनि यति धेरै चर्चा भइसक्यो । हामीले यति धेरै फोन गर्‍यौं, यति धेरै भेट्न खोज्यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भनेको को भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ, वर्षमान पुन उर्जामन्त्री’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महतले प्रश्न गरे, ‘फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन । यी श्री ३ महाराजसँग हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ?’

विद्युत प्राधिकरण र उर्जा मन्त्रालयका अधिकारीहरु आफूहरुले प्रगति गरेको भनेर कुर्लिएको आरोप लगाउँदै सांसद महतले जुम्लाका १ लाख जनता भने अन्धकारमा बस्नु परिरहेको बताए ।

‘भारतलाई बत्ति बेच्दै छौं भन्दैछन् । कृपया हामीलाई बेचिदिनुहोस्, जुम्लालाई बेचिदिनुहोस्, तपाईंहरुको बत्ति कति छ ?’ सांसद महतले भने, ‘त्यहाँ पनि जनता छन्, त्यहाँ पनि मोबाइल छ, त्यहाँ पनि पढ्ने विद्यार्थी छन्, बिरामी छन् ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा