नयाँ गठबन्धनमा यसरी हुन सक्छ सिट बाँडफाँड  « Khabarhub

नयाँ गठबन्धनमा यसरी हुन सक्छ सिट बाँडफाँड 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बनेको चार दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँडको प्रारम्भिक खाका तयार भएको छ । 

गठबन्धन दलका बैठक बसेर प्रारम्भिक खाका बनाएका हुन् । जसमा  एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय दिने छलफल चलेको छ । यस्तै रास्वपालाई उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय र माओवादीले ५ र जसपालाई २ मन्त्रालय लिने की भन्ने छलफल चलेको बैठकमा  उपस्थित एक नेताले खबरहबलाई बताए । 

उनले भने, ‘नेकपा एकीकृत समाजवादी र अन्य घटकलाई पनि मिलाएर लानुपर्ने भएकाले यसमा तहमाथि हुन सक्छ ।’ 

तर नेकपा एमालेले भने आफ्नो ८ वटा सिट सुरक्षित भएको दाबी गरेको छ । 

हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय गठबन्धनले मात्र प्रचण्ड सरकारमा जाने घोषणा गरेका छन् । 

प्रचण्डले २ जना राज्यमन्त्रीसहित २५ सदस्य मन्त्रिमण्डल बनाउन पाउँछन् । 

यसैबीच गृह र अर्थ मन्त्रालयमा भने एमाले, माओवादी र रास्वपाको सहमति जुटेको छैन । एमालेले गृहमा अडान राखेको छ । यता रास्वपाले पनि गृह लिने भनेको छ । अर्थ मन्त्रालय भने प्रधानमन्त्री आफैले राख्न चाहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : ५० बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा