नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै « Khabarhub

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्ने जनाइएको छ ।

नयाँ राजनीतिक घटनाक्रमसँगै सत्तापक्षबाट विपक्षमा पुगेको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउनका लागि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको हो ।

यस्तै, कांग्रेसले लोकतान्त्रिक मोर्चा निर्माणको विषयमा पनि दलभित्र छलफल गर्ने भएको छ । यसका लागि कांग्रेसले हिजो मधेश केन्द्रित दलहरूसँग छलफल समेत गरेको छ ।

कांग्रेस सभापति देउवाले हिजो लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ४२ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम