‘दुबई एक्स्पो’मा नेपालको सहभागितका विषयमा छलफल « Khabarhub

‘दुबई एक्स्पो’मा नेपालको सहभागितका विषयमा छलफल


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दुबई एक्स्पो २०२०’ मा नेपाल सरकारको सहभागिता हुने विषयमा छलफल भएको छ ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र यूएईको परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्ला बिन जायद अल नयनबीच दुबई एक्स्पो २०२० मा नेपालको सहभागिताका विषयमा छलफल भएको हो ।

यूएईस्थीत नेपाली दूतावासले दिएको जानकारी अनुसार मन्त्री नयन र राजदूत ढकालबीच भएको भेटमा पर्यटन, व्यापार, कृषिमा लगानी, हवाईसेवा, दुबई एक्स्पो २०२० तयारी लगायतका विषयमा छलफल भएको हो । यूएईको ग्लोबल भिलेजमा समेत नेपाली स्टल राख्ने विषयमा पनि छलफल भएको राजदूत ढकालले जानकारी दिएका छन् ।

दुबई एक्स्पो २०२० मा नेपाल सहभागी हुन सरकारले ग्लोबल टेण्डर आह्वान गरेर आइईपी नामक कम्पनीले काम सुरु गरिसकेको छ । कम्पनीले अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारीको काम भइरहेको गरिहएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : २९ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र