आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। धर्ममा मन जानेछ। बौद्धिक व्यक्तिसँग भेट हुने योग छ। नयाँ खबर सुन्दा मनमा उत्साह बढ्ने छ। परिवार र बन्धुले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट हरेक काममा साथ र सहयोग मिल्नेछ। विदेश यात्रा गर्नु भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कट : दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। शिवको भजन बिहानै सुन्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। मासु र मदिराबाट टाढा बसेकै राम्रो हुन्छ।

सिंह : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा विवाद हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मन चञ्चल हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : समय अनुसार चल्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट उचित लाभ हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। समाजबाट सम्मान मिल्नेछ। परिवारबाट सुख प्राप्त हुनेछ।

तुला : प्रतिस्पर्धी शान्त भएकाले दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। मनमा उत्साह हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय रहने छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। अचानक टाउँकोमा पीडा हुने जोखिम छ।

धनु : समय राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय राम्रो छ। बन्धुको साथ र सहयोग रहनेछ। बोलीमा नम्रता र विचारमा प्रष्ट हुनुपर्ने छ। खर्च बढी हुनाले परिवारमा मनमुटावको जोखिम देखिन्छ। खर्च गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भ : समय सामान्य छ। थोरै बोलेर जित्नु राम्रो हुन्छ। बोलीकै कारण आफन्त टाढा हुने जोखिम रहेको छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने योग रहेको छ।

मीन : दिन सामान्य छ। आफन्तले नै पराई देख्ने छन्। ठुलो कामको योजना नबनाएकै राम्रो हुन्छ। खर्च बढी हुने योग छ। परिवारसँगको सम्बन्धले खुशी दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : ०२ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा