संसदीय समितिले खोज्यो नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज « Khabarhub

संसदीय समितिले खोज्यो नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबार (हाल संग्रहालय)को महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य शुरु गरेको छ ।

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा रहेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो ।

अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन ।

मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए÷नआएको एकिन नभएको जवाफ दिए । उनले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो कि भनि आशंका पनि गरे ।

‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीले भने , ‘ती सबै यता आएकी आएनन् एकिनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ । तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ?’

मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गरे, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकिन ढंगले भन्न सकिने अवस्था छैन ।’

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धि यताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिए पनि जवाफ नआएको बताएका थिए ।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन् भनी मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए । मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : २१ बजे

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो