छोराको हत्या आशंकामा बाबुआमा प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

छोराको हत्या आशंकामा बाबुआमा प्रहरी नियन्त्रणमा


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.3k
Shares
  • change font
  • change font
  • change font

बिरगञ्ज– वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ती बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलीप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए ।

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलीपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किँदा दिलीप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गरेका छन् ।

दिलीप लागूपदार्थको कुलतमा फसेको र अरूको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरू कामका लागि बाहिर जाँदा दिलीपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलीपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलीपको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १ : ३३ बजे

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट

गिरीबन्धु प्रकरणको पूर्णपाठ : हदबन्दी भन्दा बढी सरकारको हुने

काठमाडौं- झापाको गिरीबन्धु टि स्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित

गिरीबन्धु टी–इस्टेट प्रकरणमा ओलीलाई कारबाही हुनुपर्छ : बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु चिया बगान