संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयाे : पम्फा भुसाल « Khabarhub

संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयाे : पम्फा भुसाल


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताएकी हुन् ।

नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यस अनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन् ।

भुसालले अहिले बामपन्थीहरुको बाहुल्यतासहितको नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनुपर्ने धारण राखिन् । दीर्घकालमा एउटै देशमा दुई वटा कम्युनिष्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै एक दिन सबै कम्युनिष्टहरु एकै ठाउँ आउनै पर्ने उनले बताइन् ।

त्यस्तै उनले आफूहरूले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापित गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकिर गरे ।

उनले संघर्षको स्वरूप भने फरक फरक हुन सक्ने बताइन् । राज्य सञ्चालन गर्ने स्थानमा नै महिला प्रतिनिधि नभएसम्म महिलाको हक अधिकार पूर्णरुपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।

भुसालले संघ र प्रदेशमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउनुपर्ने व्यवस्था रहेको भन्दै एक पटक अवसर पाएकालाई अर्को पटक नदोहराउने प्रस्ताव माओवादीको विधानमा गरेको धारणा राखिन् । चैत्र १ गते बस्ने माओवादीको स्थायी कमिटीले विधानलाई अन्तिम रूप दिने उनले बताइन् ।

त्यस्तै महिलाको आर्थिक अधिकारको कुरालाई घरदैलो अभियानका रूपमा लिएर जानुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : २५ बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया