ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन बसोबास गर्दै आएकालाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने घर परिवारलाई निस्सा वितरण गरेको हो ।

मिक्वखोला गाउँपालिका–१ र २ मा आठ–आठ जनालाई निस्सा वितरण गरिएको छ भने ३ नम्बर वडामा दुई जना, ४ नम्बर वडामा पाँच जना र ५ नम्बर वडामा दुई जनालाई निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताए ।

निस्सा वितरण गरेसँगै जग्गा खोजी गरेर केही महिनापछि जग्गा उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् । राष्ट्रिय भूमि आयोग ताप्लेजुङ अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिकवाखोला गाउँपालिका दोस्रो भएको छ ।

गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको थियो ।

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ३५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको