विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु | Khabarhub Khabarhub

विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न जिल्लामा पानीमा डुबेर चारजनाको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–४, नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर स्थानीय गुणबहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो । मंगलबार बिहान नुहान खोलामा गएकी उनको गहिरो पानीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, लमजुङको बेसिशहर नगरपालिका–३, भरेडाँडास्थित पानीको पोखरीमा स्थानीय १६ वर्षीय रुकेश विक मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो मृत अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै, झापा, बुद्धशान्ति गाउँपालिका–६ शान्तिनगरमा माछा पोखरीमा डुबेर मंगलबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । स्थानीय खड्कबहादुर लिम्बुकी १४ महिनाकी छोरी साखिम लिम्बु खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेकी हुन् । पोखरीमा डुबेर अचेत भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–३, रागोटारामा मसोट खोलाले बगाएर बेपत्ता ५९ वर्षीया गमला विकलाई मृत अवस्थामा फेला पारिएको छ । खोला तर्ने क्रममा पानीमा खसेर बेपत्ता भएकी उनको शव मंगलबार बिहान फेला परेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ३८ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा