निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जना लाभान्वित भएका छन् । रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिनकोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

वडा नं ९ स्थित मङ्गलटार स्वास्थ्य चौकीमा महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन गरिएको उक्त शिविरमा एक सय ७५ ले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिए। सामान्य उपचार गर्नेमा ६७, स्त्रीरोगसम्बन्धी ५१, हाडजोर्नी ९७, सामान्य सर्जरी १६ तथा अन्य स्वास्थ्य सेवा लिनेमा २६ जना रहेका छन् ।

शिविरमा रोशी–७, ८, ९, १०, ११ र १२ तथा तेमाल गाउँपालिका–८ का स्थानीयले सेवा लिएका थिए । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, भद्रदल गणका प्रमुख, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेन्डेन्ट डा मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गङ्गालाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्षसहित १२ जनाले रक्तदान गरेका थिए।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ३० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना