राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते « Khabarhub

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी गराएकी छिन् ।

आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् ।

उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिइन् ।

भोलि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  २ : १७ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा