माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक « Khabarhub

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । सरकारले चालु आवका लागि मुद्रास्फीति छ दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

सात महिना अवधिमा आयात दुई दशमलव तीन, निर्यात सात दशमलव एक र कुल वस्तु व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको छ । यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव एक प्रतिशतले बढेको छ । त्यसै गरी, शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।

कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । सात महिना अवधिको सरकारको खर्च रु छ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु पाँच खर्ब ६७ अर्ब ४० करोड रहेको छ ।

यो अवधिमा विस्तृत मुद्रा प्रदाय सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १३ दशमलव सात प्रतिशतले बढेको छ ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव सात प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : १० बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन