पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण « Khabarhub

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उनले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित थिए ।

पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह(अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी भएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ११ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन