२२ भारतीय मछुवा श्रीलंकाली नौसेनाको नियन्त्रणमा « Khabarhub

२२ भारतीय मछुवा श्रीलंकाली नौसेनाको नियन्त्रणमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको नौसेनाले उत्तरी श्रीलङ्काको करेइनगरबाट आफ्नो जलक्षेत्रमा अवैध ढङ्गले माछा मारिरहेका २२ जना भारतीय मछुवा सहित ३ वटा डुङ्गा नियन्त्रणमा लिएको छ ।

नौसेनाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार शनिबार राति र आइतबार बिहान गरेका विभिन्न कारबाहीका क्रममा ती डुङ्गाहरू नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रलर र भारतीय माछा मार्ने व्यक्तिलाई कनकेसन्थुराई बन्दरगाहमा ल्याएर कानुनी कारबाहीका लागि स्थानीय अधिकारीलाई बुझाइएको नौसेनाले जनाएको छ।

नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रबाट १५ वटा भारतीय डुङ्गाहरू कब्जा गरेको छ भने ११० जना माछा मार्ने भारतीय व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

यसैगरी श्रीलङ्काको नौसेनाले सन् २०२३ मा जलक्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेका ३४३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : २७ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन