२२ भारतीय मछुवा श्रीलंकाली नौसेनाको नियन्त्रणमा « Khabarhub

२२ भारतीय मछुवा श्रीलंकाली नौसेनाको नियन्त्रणमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको नौसेनाले उत्तरी श्रीलङ्काको करेइनगरबाट आफ्नो जलक्षेत्रमा अवैध ढङ्गले माछा मारिरहेका २२ जना भारतीय मछुवा सहित ३ वटा डुङ्गा नियन्त्रणमा लिएको छ ।

नौसेनाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार शनिबार राति र आइतबार बिहान गरेका विभिन्न कारबाहीका क्रममा ती डुङ्गाहरू नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रलर र भारतीय माछा मार्ने व्यक्तिलाई कनकेसन्थुराई बन्दरगाहमा ल्याएर कानुनी कारबाहीका लागि स्थानीय अधिकारीलाई बुझाइएको नौसेनाले जनाएको छ।

नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रबाट १५ वटा भारतीय डुङ्गाहरू कब्जा गरेको छ भने ११० जना माछा मार्ने भारतीय व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

यसैगरी श्रीलङ्काको नौसेनाले सन् २०२३ मा जलक्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेका ३४३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : २७ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम