मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर « Khabarhub

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् ।

जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा आँखाका रोगीको उपचारका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो । 

शिविरमा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ । रेयुकाई मासुनागा आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

मोतिबिन्दुका बिरामीलाई सोही अस्पतालले निःशुल्क उपचार गर्ने जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले बताए ।

यसैबीच, काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको तीनदिने पोषण कार्यक्रमको आज भएको समापन समारोहमा जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति, ‘ओटिसी’ केन्द्रका प्रतिनिधि तथा मेथिनकोट अस्पतालका प्रतिनिधिले स्वास्थ्य संस्थाबीचको समन्वय, विद्यालय पोषण कार्यक्रमको प्रभावकारितामा जोड दिएका थिए ।  

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ११ : २५ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले