पिताको डिप्रेसन भावी सन्तानका लागि खतरनाक | Khabarhub Khabarhub

पिताको डिप्रेसन भावी सन्तानका लागि खतरनाक


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमाको डिप्रेसनले बच्चाको स्वास्थ्यमा नकारात्मक असर पूराउने तथ्य त जगजाहेर नै छ । विभिन्न अध्ययनहरुले यसलाई पुष्टि गरिसकेका छन् । तर एक नयाँ अध्ययनले भने केवल आमाको मात्र होइन बाबुमा हुने डिप्रेसनले समेत भावी सन्तानको स्वास्थ्यमा असर पार्ने तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार बुवामा हुने डिप्रेसनका कारण आमाको गर्भमा रहेको शिशु कहिलेकाहीँ समयभन्दा छिटो जन्मिने सम्भावना हुन्छ । अर्थात् श्रीमानमा डिप्रेसनको समस्या हुँदा गर्भवती श्रीमती समय नपुगी सुत्केरी हुने जोखिम बढ्दछ ।

स्विडेनको सेन्टर फर हेल्ट इक्विटी स्टडिजका डाक्टर एन्डर्स जर्नका अनुसार डिप्रेसन पीडित आमाबुवा दुबै सन्तानको अपरिपक्व जन्मका लागि जिम्मेवार मानिन्छन् । त्यसैले बाबुआमा दुबैको मानसिक स्वास्थ्यको जाँच तथा उपचार आवश्यक हुन्छ ।

पिताको डिप्रेसनले गर्भको बच्चामा पर्ने असरका बारेमा व्याख्या गर्दै उनले पार्टनर डिप्रेसन ग्रस्त हुँदा गर्भवती महिलामा चिन्ता थपिने र त्यसले गर्भवती समेत डिप्रेसनमा फस्ने जोखिम रहने बताएका छन् । यसरी गर्भवती महिलामा डिप्रेसन हुँदा उनले समय भन्दा पहिले नै बच्चा पाउने जोखिम बढ्दछ ।

गर्भ नरहँदैको अवस्थामा पितामा हुने डिप्रेसनले पनि भावी बच्चाको स्वास्थ्यमा प्रभाव पार्दछ । डिप्रेसनका कारण पुरुषको शुक्रकिटको गुणस्तरमा क्षयीकरण हुन्छ । यसकारण त्यस्तो पुरुषको शुक्राणुबाट गर्भाधारण भै विकशित भएको भ्रुणको डिएनएमा प्रभाव पर्दछ । यसले गर्भको बच्चाको शारीरिक तथा मानिसक वृद्धि विकासमा असर पुग्दछ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : १७ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष

आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

गण्डकी– पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरूको माग

काठमाडौं– सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित