पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस् « Khabarhub

पैसा बचत भइरहेको छैन ? यस्ता बानी बसाल्नुहोस्


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सबैलाई लाग्न सक्छ कास कमाएको सबै बचत भएको भए कति हुन्थ्यो होला । कमाई पनि रहेको छ तर कहिले पुगेको छैन कहिले काहीँ त अप्ठ्यारो परेको बेलामा पनि पैसा हुँदैन भन्ने  ।

प्राय नेपालीहरूमा सीमित कमाइकाबीच प्राय मानिसहरूलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ ।  तर त्यही निश्चित कमाइलाई पनि बचत गरेर जोगाएर राख्न सकिन्छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ ।

यी हुन् पैसा जोगाउने तरिका

– सबै भन्दा पहिला त आफूलाई चाहिएको कुरा मात्र किन्ने बानी बसाल्नु पर्छ र सामानहरू आवश्यक परेको बेला मात्र किन्ने गर्न केही भाग बचत गर्न सकिन्छ ।

– देखावटीमा वा प्रलोभनमा परेर कहिले पनि सामग्रीहरू खरिद नगर्नुहोस् ।

– खानपानको बजेट बनाएर खपत गर्ने सामान मात्र खरिद गर्ने ।

– आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्ने ।

 – कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ । त्यसैले सके सम्म क्यास पैसाबाट कारोबार गर्ने ।

– ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्ने ।

– घरमा भएका अनावश्यक कुरा बेच्ने ।

– घरमा भएका साना बालबालिकालाई पनि सही रूपमा पैसाको बचत गर्न सिकाउने ।

– बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् । बाहिरको खाना खाँदा पनि पैसा बढी खर्च भइरहेको हुन्छ ।

– सामान खरिदमा सामानको सही मूल्य सोचेर मात्र किन्ने ।

बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे  सोच्नुहोस् ।

– घरमा खुत्रुके राख्नुहोस् । र कुनै सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।

– दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

– एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा राख्ने गर्नुहोस् ।

– कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

– यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च, आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

– धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : ०७ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु