अवैध रूपमा भारतीय दूध भित्रिँदा बाँकेका किसान मर्कामा « Khabarhub

अवैध रूपमा भारतीय दूध भित्रिँदा बाँकेका किसान मर्कामा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेमा भारतबाट अवैध रूपमा दूध तथा दुग्धजन्य पदार्थ भित्रिने क्रम नरोकिँदा स्थानीय दुग्ध उत्पादक किसान मर्कामा परेका छन् ।

नेपालगन्जसहित जिल्लाका विभिन्न ग्रामीण बजारमा भारतीय दूध अवैध रूपमा भित्रिएर बिक्रीवितरण हुने गरेपछि स्थानीय किसानले उत्पादन गरेको दूधले बजार पाउन नसकेको हो ।

दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीका अनुसार नेपालगन्ज उपमहानगरपालिकासहित खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा अवैध रूपमा भित्रिएको दूध खुलेआम बिक्री हुने गरेको छ । नेपाल–भारत मुख्य नाका जमुनाहबाट दूध आयातमा रोक लगाइए पनि ग्रामीण नाकाको प्रयोग गरी दूध भित्रिने गरेको उनले बताए।

बाँके दूध उत्पादनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै भण्डारीले अवैध रूपमा भित्रिने कच्चा दूध तथा दुग्धजन्य पदार्थले स्थानीय उत्पादनको बजार प्रभावित बनाउनुका साथै राजस्व चुहावटसमेत भइरहेको बताए। उनले अवैध आयात नियन्त्रण गरी नेपाली किसानको उत्पादनलाई बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा किसान सूर्यलाल यादवले सस्तो मूल्यमा गुणस्तरहीन दूध बिक्री हुन थालेपछि स्थानीय किसानको दूध बिक्रीमा समस्या भएको बताए।

‘कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ’, उनले भने, ‘कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसी पालिएका छन् । तर पछिल्लो समय दूध बिक्री हुन नसक्दा किसानको समस्या बढ्दै गएको छ ।’

स्थानीय किसानको प्रमुख आम्दानीको स्रोत नै दूध बिक्री भएकाले अवैध आयात नियन्त्रण नहुँदा उनीहरूको जीविकोपार्जनमा समेत असर परेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ०५ बजे

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौँ- बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी

अवैध रूपमा भारतीय दूध भित्रिँदा बाँकेका किसान मर्कामा

राँझा- बाँकेमा भारतबाट अवैध रूपमा दूध तथा दुग्धजन्य पदार्थ भित्रिने क्रम

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

काठमाडौँ – संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

भद्रपुर– झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्