घुससहित दुई प्रहरी पक्राउ « Khabarhub

घुससहित दुई प्रहरी पक्राउ


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  ।

व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।

महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । 

गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ५९ बजे

ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर

अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी

अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण

इस्लामाबाद- पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै

दुई दशकपछिको यात्रामा एनसेल, राज्यलाई खरबौँ राजस्व, हजारौँलाई रोजगारी

काठमाडौं– नेपालको निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा