पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो « Khabarhub

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ दरले बढाएको छ भने मट्टितेलको मूल्य लिटरमा ५० पैसा बढाएको छ ।

आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य भने घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रसिलिलिण्डरमा २५ रुपैयाँ घटाएको हो ।

निमगको नयाँ निर्णयसँगै पेट्रोलको मूल्य १ सय ९ तथा डिजेल र मट्टितेलेको मूल्य ९७ रुपैयाँ कायम रहेको छ ।

एलपी ग्यासको मूल्य भने घटेर प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : २६ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान