मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गरिने « Khabarhub

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गरिने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा सोमबार भएको वार्तामा अनुचित लेनदेन मिटरब्याजबारे जाँचबुझ गर्न आयोग गठन गर्ने लगायत चार बुँदे सहमति भएको हो । सहमति अनुसार सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ गरि कारबाही सिफारिस गर्न आयोग गठन गर्ने छ । उक्त आयोगले तीन महिना भित्रमा सरकारसमक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ ।

यस्तै यसअघिको आयोगले संकलन गरी हाल नेपाल प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीहरुमाथि समेत पुन जाँचबुझ गर्ने सहमति भएको छ ।

साथै मिटरव्याज सम्बन्धी मुद्धाका कारण जरिवाना ठहर, विगो कायम र कारागार चलान भएका पीडितका सम्बन्धमा प्रचलित कानून बमोजिम पुनरावलोकन तथा माफी मिनाहाका लागि सिफारिस गर्ने सहमति समेत भएको छ ।

सहमतिसँगै समितिले आह्वान गरेको आन्दोलन पनि स्थगित भएको छ ।

याे पनि…

सरकार र मिटरब्याज पीडितबीच चारबुँदे सहमति (सहमति पत्रसहित)

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : ०७ बजे

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका