जब रेखाले ऋतिकलाई थप्पड हानिन्… « Khabarhub

जब रेखाले ऋतिकलाई थप्पड हानिन्…


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २००३ मा प्रदर्शनमा आएको फिल्म  ‘कोई मिल गया’ले दर्शकमाझ राम्रो छाप छोड्न सफल भयो । सो फिल्ममा ऋतिक रोशनको अभिनयको अहिले पनि तारिफ गरिन्छ ।

यस फिल्ममा वरिष्ठ नायिका रेखा, ऋतिककी आमाको भूमिकामा देखिएकी छिन् । यही फिल्मले उनीहरूको व्यक्तिगत सम्बन्ध अझ मजबुत बनेको ऋतिक बताउँछन् ।

भर्खरै पिंकभिलालाई दिएको अन्तर्वार्तामा सो फिल्मको सुटिङका दौरानमा घटेका रोचक घटना ऋतिकले बताएका छन् । सुटिङमा जाँदा गलत दृश्यको तयारी गरेर सेटमा हैरानी खेप्नु परेको किस्सा समेत सेयर गरेका छन् ।

आफूले तयारी गरेर दृश्य सुटिङ तालिकाभन्दा फरक परेको कुरा सुटिङ चालु हुनै लाग्दा थाहा पाएको ऋतिक सम्झन्छन् । उनी थप्छन्, ‘सुटिङ हुने बेला मलाई स्क्रिप्ट भनियो अनि गलत अभ्यास गरिएछ भन्ने महसुस भयो । मैले फ्ल्यासब्याकको तयारी गरेर आएको थिएँ ।’

रेखाले थप्पड हानिन्
फिल्ममा रेखा ऋतिकको आमा बनेकी थिइन् । फिल्ममा रेखाले ऋतिकको गालामा थप्पड हानेको राखिएको छ । जुन थप्पड ऋतिकले साँच्चिकै भेटेको बताएका छन् ।

ऋतिक भन्छन्, ‘सुटिङ गर्नुअघि रेखाले साँच्चै थप्पड हान्छु भन्नु भएको थियो र मैले वास्ता गरिनँ ।  तर सुटिङमा कडा थप्पड लाग्यो ।’

पिटाइ भेटेपछि रेखाले गालामा पिट्छु भनेको कुरा साँचो रहेछ भन्ने महसुस भएको ऋतिक बताउँछन् । तर साँच्चिकैको पिटाइ सो दृश्यलाई अझ मजबुत बनाएको ऋतिकको बुझाइ छ ।

कोई मिल गया’मा ऋतिक रोशन र रेखा बाहेक प्रिती जिन्टा र जोनी लिभरलगायतका कलाकारले काम गरेका थिए । यो फिल्मलाई ऋतिकका बुबा राकेश रोशनले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : २६ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी