राप्ती सोनारीमा निर्माणाधीन रङ्गशाला अलपत्र | Khabarhub Khabarhub

राप्ती सोनारीमा निर्माणाधीन रङ्गशाला अलपत्र


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ ।

राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् ।

रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए। उनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए ।

राप्ती सोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए। व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ ।

राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए। 

यस वर्ष राप्ती सोनारी रङ्गशालामा आएको रु १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा संघीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए।

बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रङ्गशालालाई पूर्णता दिँदै नरैनापुर रङ्गशाला र कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ३ : ५० बजे

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू

भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना

एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि

दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट