सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल « Khabarhub

सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यस ठाउँका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन ।

यस ठाउँको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । धेरै वर्ष पहिलादेखि रहेको गुफाका बारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीय यसको प्रवर्द्धनमा जुटेका हुन् । 

स्थानीय श्रीभद्र आचार्यले यस ठाउँलाई पर्यटकीयस्थल बनाउन पहल थालिएको जानकारी दिए। 

उनले भने, ‘यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत पनि हामीले प्रचारप्रसारमा जोड दिएका छौँ, स्थानीय सरकारलाई पनि यस ठाउँको विकासका लागि अनुरोध गरेका छौँ ।’

आचार्यसहितका स्थानीयले केही दिन अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितको संरचना फेला पारेका थिए । उनले भने, ‘गुफाभित्र शिवलिङ्ग भएको बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो, नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ, शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।’ शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा तपतप झर्ने गरेको उनको भनाइ छ ।

स्थानीयले महाशिवरात्रि पर्वका अवसरमा गुफाभित्र रुद्री लगाएर शिवलिङ्गको प्रतिस्थापन गरेका छन् । सो दिन स्थानीय गुफाभित्र रातभर बत्ती बालेर जागराम बसेका थिए । आचार्यले भने, ‘परापूर्वकालमा यस ठाउँमा भगवान शिवजीले बास गरेको ठाउँ हो, यहाँ एक सय आठ बेलका वृक्ष पनि छन्, यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्नेमा द्विविधा छैन, यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।’

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई गाउँपालिकाको पर्यटकीयस्थलका रुपमा लिँदै निकट भविष्यमा यसको थप व्यवस्थापनमा पनि पालिकाले सहयोग गर्ने वडाध्यक्ष वसन्त श्रेष्ठले जानकारी दिए।

 उनले भने, ‘गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ, यस ठाउँको विकासका लागि पनि पालिकाले सहयोग गर्नेछ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ४ : २१ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन