लागूऔषध गाँजासहित २ जना पक्राउ « Khabarhub

लागूऔषध गाँजासहित २ जना पक्राउ


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्कि र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी  पक्राउ गरेको हो ।

उता पर्साको वीरगंज महानगरपालिका-९ स्थित बस स्टेसनबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ ग्रामसहित सखुवा प्रसौनी गाउँपालिका-८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ४६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु