लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : शेखर कोइराला « Khabarhub

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : शेखर कोइराला


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताएका छन् । 

गुराँस पुस्तकालय बरगाछी विराटनगरको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिमा  संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेको गुनासो गरे। 

कार्यक्रममा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरू गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिए ।

‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागाइँ’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । 

यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : १४ बजे

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा