लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

पोखरा – लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

उनका अनुसार अदालतले दुई वर्ष ६ महिना कैद र एक लाख ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नुपर्ने अदालतले आदेश दिएकोमा उनी फरार थिए। फरार अधिकारीलाई प्रहरीले पक्राउ गरेर मंगलबार नै अदालतमा पेश गरेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ११ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग