बढ्दैछ उत्तर कोरियाको साइबर आक्रमण : १ अर्ब ६० करोड अमेरिकी डलर चोरी | Khabarhub Khabarhub

बढ्दैछ उत्तर कोरियाको साइबर आक्रमण : १ अर्ब ६० करोड अमेरिकी डलर चोरी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले साइबर आक्रमण मार्फत १ अर्ब ६० करोड अमेरिक डलर बराबरको चोरी गरेको छ । संयुक्त राष्ट्रसंघको एक गोप्य दस्ताबेजमा उल्लेख भए अनुसार बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर गरिएको आक्रमणबाट यो रकम चोरी भएको हो ।

चुहावट भएको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउन साइबर आक्रमणको सहारा लिएको र त्यसबाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको उल्लेख छ ।

गोप्य भनिएको सो प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको उल्लेख छ ।संयुक्त राष्ट्रसंघले हाल साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद अन्तर्गत रहेको उत्तर कोरियामाथि प्रतिबन्ध निर्धारण गर्ने कमिटिमा पठाइएको प्रतिवेदनमा उत्तर कोरियालो साइबर–स्पेस मार्फत वित्तिय संस्थालाई लक्षित गरी आक्रमण गर्ने गरेको र त्यसबाट रकम जम्मा गर्ने गरेको उल्लेख छ ।

यस्तै विदेशी मुद्रा प्राप्त गर्नका लागि साइबर–मिनिङ्ग भएको सम्बन्धमा पनि विज्ञले अनुसन्धान गरिरहेका छन् । उत्तर कोरियालो क्रिप्टो करेन्सी एक्सचेन्ज सेन्टरमा पनि साइबर आक्रमण गर्दै आएको सो प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ३५ बजे

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई

फर्सीको मुन्टा खानुका फाइदाहरू

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान

रसुवा– भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी

आगलागीबाट प्रभावितलाई राहत वितरण

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल