विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद ८ हजार २ सय २५ रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ प्रणामी टोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका-३ बस्ने २७ वर्षीया सन्जु राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी, झापाकै दमक नगरपालिका-३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद ७ हजार ८ सय २० रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका-२ बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् ।

प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित दमक नगरपालिका-५ पारुहाङ टोल बस्ने ३५ वर्षीय सुबास बानियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका-८ लिङ्करोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ३ ट्याबलेटसहित सोही महानगरपालिका-१५ बस्ने २५ वर्षीय सुशिल कुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाकाे मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे सुन्दरहरैचा नगरपालिका-९ बाट अवैध लागूऔषषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीकाे गोदावरी नगरपालिका-१ बसन्तपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्रामसहित बझाङ केदारस्यु गाउँपालिका-७ बस्ने ३८ वर्षीय खडक धामी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : २७ बजे

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो