वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छ : सांसद यादव « Khabarhub

वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छ : सांसद यादव


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले मुलुकलाई तीव्र आर्थिक विकासमा लैजान सत्ता साझेदार दलबाट पर्याप्त सहयोग नभएपछि सत्ता समीकरण बदल्नु परेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफलका विषयले गठबन्धनमा अविश्वास पैदा गरेको बताए । 

‘कांग्रेसका कारण गठबन्धनमा अविश्वास पैदा भयो, कोशी प्रकरण तथा महासमिति बैठकमा उठेका विषयले गठबन्धनप्रति अविश्वास बढेको हो’, सांसद यादवले भने, ‘सरकारमा रहेर पनि कांग्रेसले प्रभावकारी समन्वय र सहकार्य गर्न सकेन ।’ 

उनले वर्तमान गठबन्धनले मुलुकमा देखापरेका समस्या समाधान गरेर जाने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ४४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको