नेपाल र कुवेतबीचको ‘होम गेम’का लागि न्युट्रल भेन्यु खोज्नु पर्ने « Khabarhub

नेपाल र कुवेतबीचको ‘होम गेम’का लागि न्युट्रल भेन्यु खोज्नु पर्ने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्‍वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालले ‘न्युट्रल भेन्यू’ मा खेल्नु पर्ने भएको छ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला ‘दशरथ रंगशाला’ समयमा निर्माण नभएपछि नेपालले कुवेतविरूद्धको ‘होम’ खेल उसैको ‘होम’ मा खेल्ने निर्णय गरेको थियो भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कहेी दिन अगाडि कार्यसमितिको आकस्मीक बैठक बोलाएर कुवेतसँगको खेल कुवेतमै खेल्ने निर्णय गरेको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी) ले ‘होम एण्ड अवे’ दुवै खेल एकै मैदानमा खेल्न नपाउने भन्दै अस्वीकृत गरेको छ ।

अब एन्फाले नेपाललाई सहज पर्ने गरी छिमेकी मुलुक हङकङ, मलेसिया, कतार वा भारतमा न्युट्रल भेन्यु खोज्नेछ ।

विश्‍वकप छनोट प्रतियोगितामा नेपालले होम एण्ड अवे गरी ८ खेल खेल्नेछ। नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।

नेपालले सेप्टेम्बर ५ मा कुवेत र १० मा चाइनिज ताइपेईविरूद्ध होममा खेल्ने तालिका थियो। नेपालले अक्टोबर १० मा अष्ट्रेलियाविरूद्ध अवे, अक्टोबर १५ मा जोर्डनविरूद्ध होममा, नोभेम्बर १९ मा कुवेतविरूद्ध अवे, मार्च २६ मा चाइनिज ताइपेईविरूद्ध अवे, मार्च ३१ मा अष्ट्रेलियाविरूद्ध होम, जुन ४ मा जोर्डनविरूद्ध अवे खेल खेल्नेछ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ४९ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार