‘वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक’ « Khabarhub

‘वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक’


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थिरताको कारक भएको देखिएको बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको बताए ।

उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीन पटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थिर हुन्छ भनेर भन्न नसकिने धारणा राखे ।

पौडेलले सरकारमा जाने कुरामा दलहरूले प्रयास गर्नु स्वाभाविक रहे पनि राष्ट्रिय राजनीतिलाई हेर्दा पटक पटक सरकार परिवर्तनले देशमा स्थिरता नदिने बताए ।

उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५९ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक