विप्लव समूहका जिल्ला नेता पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका जिल्ला नेता पक्राउ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई मंगलबार सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए ।

यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पुर्‍याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २७ बजे

बाढीपहिरोमा परी ६ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्

बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध

काठमाडौं– अविलर वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन्

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत

सुनसरी– निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही