जौँ बाली लोप हुँदै, पाका पुस्ता चिन्तित | Khabarhub Khabarhub

जौँ बाली लोप हुँदै, पाका पुस्ता चिन्तित


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिक कार्यहरूमा अनिवार्य ठानिने  कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिक कार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताए। त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उनको भनाइ छ । 

उनले भने, ‘धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।’

मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जौँको सातु बनाएर खाने गरेको उनले बताए। मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताए । 

म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनिमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जाैँ ले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन् ।

बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । 

विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ३५ बजे

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना