जौँ बाली लोप हुँदै, पाका पुस्ता चिन्तित « Khabarhub

जौँ बाली लोप हुँदै, पाका पुस्ता चिन्तित


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिक कार्यहरूमा अनिवार्य ठानिने  कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिक कार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताए। त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उनको भनाइ छ । 

उनले भने, ‘धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।’

मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जौँको सातु बनाएर खाने गरेको उनले बताए। मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताए । 

म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनिमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जाैँ ले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन् ।

बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । 

विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ३५ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित