बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु « Khabarhub

बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते साउदलाई  उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको बताए। 

भीरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए।

जिल्लामा बर्सेनि भीरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन् । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : ५० बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन