चलचित्र ‘रंगेली’ को ‘फूल ओइलिएर’ रिलिज « Khabarhub

चलचित्र ‘रंगेली’ को ‘फूल ओइलिएर’ रिलिज


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबारदेखि चलिरहेको नेपाली चलचित्र ‘रंगेली’ को ‘फूल ओइलिएर’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । फिल्मका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका हुन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको मन जित्न थालेको छ । ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढेको देखिएको छ । बुधबारको शो सन्तोषजनक थियो र साँझको शो हाउस फुल थियो। दर्शकबाट केही प्रतिक्रिया पाएपछि चलचित्र २१ मिनेट घटाइएको थियो । निर्देशक सुवेदीले फिल्मको लम्बाइ घटाएर दर्शकले ‘रमाइलो’ गरेको बताए ।

अभिनेता दयाहाङ राईले यो चलचित्रमा यस्तै खालको भूमिका निर्वाह गर्दै फरक भूमिका पाएकोमा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

नेपालमा रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमानमा रिलिज हुने पक्का भएको छ । त्यसैगरी अष्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशमा रिलिजको अन्तिम चरणमा रहेका वितरकहरुसँग पुगिसकेको बताइएको छ ।

‘रंगेली’ मा दयाहाङ राई र मिरुना मगरसँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रहेको यस चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ४ : ५४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्