लघुवित्त वित्तीयपीडित संघर्ष समिति र अर्थ मन्त्रालयबीच वार्ता जारी | Khabarhub Khabarhub

लघुवित्त वित्तीयपीडित संघर्ष समिति र अर्थ मन्त्रालयबीच वार्ता जारी


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समिति र अर्थ मन्त्रालयबीचको वार्ता सिंहदरबारमा जारी छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले बिहीबार लघुवित्तपीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको थियो ।

मन्त्रालयद्वारा सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएकाे हाे ।

समितिमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन्।

मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानूनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको नीति निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन सम्बद्ध निकायलाई आग्रह गरिसकेको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ८ : ५३ बजे

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात